दक्ष जनशक्ति निर्माण हुनेगरी शैक्षिक नीति बनाउन सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दक्ष जनशक्ति निर्माण हुनेगरी शैक्षिक नीति बनाउन सांसदको माग

काठमाडौ, ३० भदौ । सांसदहरुले दक्ष जनशक्ति निर्माण हुनेगरी तत्काल शैक्षिक नीति बनाउन सरकारसँग माग गरेका छन् । सांसदहरुले संघीय ढाँचा अनुसारको शैक्षिक ऐन तयारीको काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित उच्चस्तरीय शिक्षा आयोगको प्रथम बैठकमा बोल्दै एमालेका सांसद एवम् पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरले दक्ष जनशक्ति निर्माण हुने गरी शैक्षिक नीति तय गर्न सरकारसँग माग गरेका छन् ।

उनले गरिखाने शिक्षाको अभावमा मुलुकमा बेरोजगारी बढ्दै गएको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।नेपाली काँग्रेसका सांसद जीवन परियारले शिक्षालाई सबैको पहुँचमा पुर्याउने कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले पछाडि परेका समुदायलाई सुलभ शिक्षा दिने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद एवम् पूर्व शिक्षामन्त्री धनिराम पौडेलले शिक्षालाई रोजगारीसँग जोडनुपर्ने आवश्यक्ता औल्याए । उनले शिक्षा नीतिमा परिवर्तन गरी शिक्षालाई जीवन उपयोग बनाउन पनि सरकारसँग माग गरे ।

सरकारले शिक्षाको नीति, कार्यक्रम र संरचनागत सुधार गर्न उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा उच्च स्तरीय शिक्षा आयोग गठन गरेको थियो । समितिले शैक्षिक सुधारका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने कामलाई उच्च प्राथमिकता दिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);