एमालेकै कारण संविधान संशोधन हुन नसकेको प्रधानमन्त्रीको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमालेकै कारण संविधान संशोधन हुन नसकेको प्रधानमन्त्रीको आरोप

कलैया, ३० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको दोहोराएका छन् । बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

ढिलै भए पनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने देउवाले दृढता व्यक्त गरे ।

एमालेले मुलुकमा विखण्डन ल्याउन खोजेको कुरा मधेसका जनताले बुझिसकेको बताउँदै प्रधानमन्त्री देउवाले मधेशी जनताको अधिकार प्राप्तीका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै मतदाता समक्ष आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);