जेठ २३ गते इदुल फित्रको दिन सार्वजनिक विदा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जेठ २३ गते इदुल फित्रको दिन सार्वजनिक विदा

काठमाडौं, १६ जेठ । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताउनु भयो ।

मुस्लिम आयोगको सिफारिसमा सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ । यस वर्ष आगामी जेठ २३ गते इदुल फित्र पर्दछ ।

त्यसैगरी सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई बर्खास्त गरेको छ । मन्त्री बास्कोटाले मन्त्रीपरिषद बैठकले कोषका सदस्य सचिव ढकाललाई बर्खास्त गर्ने निर्णय गरिएको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);