चीनको चिङ्दाओ सहरका सबै बासिन्दाको कोरोना परीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

चीनको चिङ्दाओ सहरका सबै बासिन्दाको कोरोना परीक्षण

एजेन्सी, २६ असोज । चीनले चिङ्दाओ सहरका सबै बासिन्दाकोे कोरोना परीक्षण गर्ने भएको छ । आइतबार १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चिङ्दाओ शहरमा रहेका करिब ९० लाख नागरिकको कोरोना परीक्षण गर्ने चीनले निर्णय गरेको हो ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार आगामी ५ दिन भित्र सहरका सबै बासिन्दाको कोरोना परीक्षण गरिने छ । राजधानी बेइजिङबाट ७ सय किलोमिटर दक्षिणपूर्वमा रहेको तटीय सहर चिङदाओको चिङ्दाओ चेस्ट हस्पिटलमा १२ जनालाई कोरोना पुष्टि भएपछि पूरै सहरमा परीक्षण गर्न लागिएको हो ।

चीनमा कोरोना परीक्षण निकै द्रुत गतिमा हुने गरेको छ । यसअघि चीनले गत मे महिनामा कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको राजधानी वुहान सहरका करिब १ करोड १० लाख नागरिकको कोरोना परीक्षण गरेको थियो ।

चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रण भइसकेको छ । पछिल्लो समय फाट्टफुट्ट रुपमा मात्रै चीनमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);