किर्तिपुर नगरपालिकाले पीसीआर ल्याब सञ्चालन ल्यायाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

किर्तिपुर नगरपालिकाले पीसीआर ल्याब सञ्चालन ल्यायाे

pcr parikshan

काठमाडाैं,२३ असार । कोराना संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि परिक्षण गर्न देशभर पिसिआर ल्याबको अभाव भईरहेको अवस्थामा किर्तिपुर नगरपालिकाले पीसीआर ल्याब सञ्चालन गरेको छ । किर्तिपुर नगरपालिकाले त्रिवि बायोटेक कोरोना परीक्षण सञ्चालनमा ल्याएको हो ।
देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ । तर परीक्षणको दायरा भने बढ्न सकेको छैन । देशभर पीसीआर ल्याबको अभावको कारण परीक्षणको दायरा बढ्न सकेकाे छैन । कोरोनाको परीक्षण गर्ने कतिपय अस्पतालहरुमा पीसीआर किटको अभावले परीक्षण नै बन्द हुने सम्मको अवस्था छ । कोरोना संक्रमितको संख्या दिनुहुँ बढिरहेको अवस्थामा स्वाब परीक्षणमा सहज होस भनेर किर्तिपुर नगरपालिकाले त्रिवि बायोटेक कोरोना परीक्षण सञ्चालनमा ल्याएको हो ।

सर्वोच्च अदालतले समेत कोरोना भाइरसको महामारी नियन्त्रण गरेर आम नागरिकको जीवन रक्षा गर्न पीसीआर परीक्षणको दायरा बढाउन सरकारको नाममा आदेश जारी गरेको छ । यस्तो अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा किर्तिपुर नगरपालिका र त्रिवि लायन्स रक्त सञ्चार केन्द्रले ल्याब सञ्चालनमा ल्याएको हो । विश्वविद्यालय जस्तो जिम्मेवार निकायको समन्वयमा सञ्चालित ल्याब गुणस्तरीय हुने विश्वविद्यालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण नसकिएसम्म ल्याबले सेवा दिने बताईएको छ । पहिलो चरणमा निश्चीत समय तोकेर सेवा प्रदान गर्ने र आवश्यकता अनुसार चौविसै घण्टा सेवा दिइनेछ ।

पर्याप्त पीसीआर ल्याब नहुँदा अझै पनि कोरोना संक्रमितको स्वाव परीक्षणमा समस्या भईरहेको छ । यस्तो अवस्थामा ल्याब सञ्चालनको लागि सरकारको सहयोग आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);