अब बाजुरामा कोरोना परीक्षण निःशुल्क | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अब बाजुरामा कोरोना परीक्षण निःशुल्क

बाजुरा । बाजुरामा पीसीआर परीक्षण निःशुल्क हुन थालेकाे छ । जिल्ला अस्पताल बाजुराले सञ्चालनमा ल्याएको पीसीआर ल्याबमा कोरोना परीक्षण निःशुल्क भइरहेकाे अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीले बताए । अस्पतालले कोभिड परीक्षण लक्षित गर्दै हालै ल्याब सञ्चालनमा ल्याएको हो ।

सेवा सञ्चालन आएपछि एक सय ७६ जनाको पीसीआर परीक्षण भइसकेको छ । जसमध्ये ५० जनामा पोजेटिभ देखाएको छ । अन्यत्र सरकारी अस्पतालमा पीसीआर जाँच गरेको आठ सय र निजीमा दुई हजारभन्दा बढी लाग्ने गरेको छ । 

कोभिडको शंका लागेका र परीक्षण गर्ने पैसा नभएका बिरामीको निःशुल्क परीक्षण गरेको अस्पतालका प्रमुख जोशीले बताए । एक पटक पोजेटिभ आएपछि पटक पटक परीक्षण गर्नु पर्ने भएकाले निःशुल्क गर्दा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निकै सहज भएको स्थानीय बलबहादुर रोकायाले बताए । 

यसअघि कोभिड परीक्षण गर्नु परे धनगढी, डोटीलगायत जिल्लामा जानुपर्ने बाध्यता समेत थियो । पीसीआर ल्याब सञ्चालनका लागि संघीय सरकार, प्रदेश सरकारले लगानी गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);