बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा, काेभिड जाँच गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा, काेभिड जाँच गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्यो

lab prayogsala

बाजुरा । बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । कोभिड-१९ जाँचका लागि पिसिआर ल्याब सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशीले जानकारी दिए ।

कोभिड जाँचका लागि योभन्दा अघि धनगढी, डोटी लगायत जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो । सेवा सञ्चालनमा ल्याएर ७७ जनाको स्वाब परीक्षण समेत गरिसकेको छ । ७७ जनामा ६ जनामा कोरोना पोजेटिभ पुष्टि भएकाे अस्पतालले जनाएकाे छ ।

बाजुरामा सञ्चालनमा ल्याएको ल्याबको गुणस्तरीय समेत जाँच सफल भइसकेको छ । चेक गरेको स्वाब काठमाडौं पठाउदा पनि यहाँको ल्याब राम्रो रहेको प्रमाणित भइसकेको प्रमुख जोशीले बताए ।

पिसिआर ल्याब सञ्चालनका लागि संघ सरकार र प्रदेश सरकारले लगानि गरेका हुन् । अपुग सामग्री अस्पतालले २७ लाखमा टेन्डर गरेर खरिद गरेको हो ।

सेवा सञ्चालनका लागि अस्पतालले मेडिकल ल्याब अधिकृत राम विष्टलाई नियुक्त गरेको छ । आइएनएफ बाजुरा नामक गैरसरकारी संस्थाले एक जना ल्याब टेक्निसियनको व्यवस्था गरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);