सरकारले लकडाउनबाट प्रभावित प्रदेश २ का किसानलाई राहत दिन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सरकारले लकडाउनबाट प्रभावित प्रदेश २ का किसानलाई राहत दिन सुरु

प्रदेश नं. २, २३ असार । प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले लकडाउनका कारण मर्कामा परेका किसानको साथमा रहेको बताउनु भएको छ ।  प्रदेश नं. २ सरकारले लकडाउनबाट प्रभावित प्रदेश २ का किसानलाई राहत दिन सुरु गरेको जानकारी दिदै मन्त्री साहले किसानको साथमा रहेको बताउनु भएको हो ।

अहिलेलाई कृषि कर्जामा मात्रै राहत दिएको भन्दै लकडाउनका कारण बालीनालीमा परेको क्षतिको पनि राहत दिने योजना रहेको उहाँले बताउनु भयो । प्रदेश सरकारले, बैंक तथा वित्तीय संस्थाबाट किसानले लिएका कृषि कर्जाको ब्याज तिरेर राहत दिएको मन्त्री शाहले जानकारी गराउनु भयो ।

चैत देखि असार सम्म ४ महिनाको ब्याज प्रदेश सरकारले मंगलबारदेखि बैंक तथा वित्तीय संस्थालाई भुक्तानी दिन थालेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत चैतमा बैक, वित्तीय संस्था तथा सहकारीबाट किसानले लिएका कृषि कर्जाको ब्याजमा अनुदान दिने घोषण गरेको थियो । यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ३६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मंगलबार प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले पर्साका किसानले लिएको ऋणको ब्याज सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई चेक हस्तान्तरण गर्दै राहत दिने कार्य आरम्भ गर्नु भयो । वीरगन्ज स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित कार्यक्रममा मन्त्री साहले पर्साका ४ हजार ६ सय ६५ किसानको कृषि कर्जाको ब्याज भुक्तानी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);