सुस्ताउदै पीसीआर परीक्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुस्ताउदै पीसीआर परीक्षण

विनिता केसी
काठमाडौ, १९ जेठ । पछिल्लो समय भारतबाट स्वेदेश फर्कनेको ताँती लागेको छ । स्वदेश फर्कनेहरुको भीड बढेपछि क्वारेन्टाइन भरिभराउ छन् । लामो समयदेखि क्वारेन्टाइनमा बस्नेहरुको पीसीआर हुन सकेको छैन ।

क्वारेन्टाइनमा राखिएपनि पीसीआर परीक्षण ढीला हुँदा क्वारेन्टाइनबाट मान्छे भाग्न थाले । कीटको अभावमा स्वाब संकलन समेत नहुँदा पीसीआर परीक्षण सुस्ताएको छ ।

भारतबाट स्वदेश फर्कनेको लर्काे लागेपछि क्वारेन्टाइन भरिभराउ भएका छन् । क्वारेन्टाइनमा न्यूनतम सुविधा समेत पुराउन राज्यलाई हम्मेहम्मे परेको छ । संक्रमण दर बद्दो छ । पछिल्लो समय मृत्यु हुनेको संख्याको उकालो लाग्दै छ । क्वारेन्टाइन बसाइमै मृत्युहरु धेरै छन् ।

क्वारेन्टाइनबाटै भागेका घटनाहरु पनि बल्ग्रेती छन् । तर, क्वारेन्टाइनको गुणस्तरसंगै पीसीआर परीक्षणको दर कछुवा गतिमा छ । नेपालमा पहिलो पटक संक्रमण भेटिएको माघ १० मा हो । त्रासले नागरिक आजित भएको ५ महिना पुरा हुदैछ तर, सरकारको परीक्षण दर उदेक लाग्दो छ ।

५ महिनाको समय गुज्रि सक्यो, तर, अहिलेसम्म ६९ हजार ५८७ जनाको पीसीआर परीक्षण गरेर ढुक्क जस्तो छ । देशभर आइसोलोशनमा १ हजार ३ सय ४४ मानिस छन्, क्वारेन्टाइनमा १ लाख १९ हजार १९२ मानिस कोचिएका छन् । क्वारेन्टाइन र आइसोलसनमा मानिसको भीड लागेका छन् ।

परीक्षणको दायरा बढाउनुपर्ने हो । तर, ५ महिना गुजारेको सरकारले आवस्यक कीटको व्यवस्था र पीसीआरको दर बढाउन सकेको छैन । पीसीआर परीक्षणमा भएको ढिलाइले थप जोखिम बढेको छ

कोरोना अस्पतालहरुमा भीटीएम कीट मौज्दात सकिदैे छ । भीटीएम अभावले स्वाब संकलन रोकिने अवस्था छ । प्रदेशले संघसंग माग गरेपनि परीक्षणका सामग्री पठाएको छैन । संक्रमित देखिएको तीन महिना भइसक्दा पनि परीक्षणको अत्तोपत्तो छैन । कोरोनाका लागि सरकार जुटेको ५ महिना भएपनि सरकारको कार्य सम्पदान अत्यन्तै फितलो छ ।

संंक्रमण रोक्न भन्दै मुलुक लकडाउन भएको १० हप्ता बढी भो । लकडाउनमै संक्रमितको तथ्यांक बढी रहेको छ । लकडाउन थपिएको थपिएकै छ । परीक्षणको दायरा घटीरहेको छ । जसबाट संक्रमणले थप मृत्यु बढाउने संकेत देखिएको छ ।

सरकारी तयारी र व्यवस्थापन फितलो र भद्रगोल छ भन्ने तथ्यहरु बोलिरहका छन् । यसर्थ सरकारले परीक्षणको दायरा युद्धस्तरमा बढाउनका साथै आवस्यक परीक्षणका सामाग्री जोहो गर्न कदापी ढिलाउनु हुदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);