पछिल्लो २४ घण्टामा काेराेनाबाट मृत्यु हुनेको संख्या २१ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा काेराेनाबाट मृत्यु हुनेको संख्या २१

काठमाडाैं, ३० असाेज । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २१ रहेको छ । यससँगै हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ पीसीआर परीक्षण भएको छ । यससँगै हालसम्म कुल १२ लाख ५४ हजार १ सय ६७ पीसीआर परीक्षण भएको छ ।

कोभिड १९ को बिरामीको उपचारमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीलाई कोभिड १९ पोजेटिभ देखियो वा लक्षणहरु देखियो भने मात्रै क्वारेन्टाइन अथवा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको प्रवक्ता गौतमले बताउनुभयो । यसअघि अधिकांश अस्पतालमा एक साता काम गरेपछि अर्को साता आइसोलेसन वा क्वारेन्टाइनमा राख्ने गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);