२४ घण्टामा २३ सय २६ जना संक्रमित कोरोनामुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

२४ घण्टामा २३ सय २६ जना संक्रमित कोरोनामुक्त

काठमाडौं, २ कार्तिक । पछिल्लो २४ घन्टामा २३ सय २६ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताउनुभयो । यससँगै हालसम्म कुल १२ लाख ८३ हजार ३ सय ५४ जनामा पीसीआर परीक्षण भएको छ ।

आज देशभर ४ हजार ८ सय ३१ जना क्वारेन्टीनमा रहेका छन् । आइसियुमा ३ सय १ जना संक्रमितको उपचार भइराखेको छ । यस्तै भेन्टिलेटरमा उपचार गराउनेहरुको संख्या ६६ जना रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);