थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३३ हजार ५३३ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३३ हजार ५३३ पुग्यो

काठमाडौं, ९ भदौ । पछिल्लो २४ घन्टामा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ८ सय ५५ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय १३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको भएर घर फर्किने संक्रमितहरुको संख्या १९ हजार १ सय १९ पुगेको छ । आज देशभर आइसोलेसनमा रहने संक्रमितहरुको संख्या १४ हजार २ सय ५० रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार ६ सय ६९ र संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ८१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताउनुभयो । हालसम्म कुल ६ लाख २१ हजार ९ सय १ पीसीआर परीक्षण भएको छ । हाल देशभरका क्वारेन्टाइनमा १० हजार ४ सय ५३ जना व्यक्ति रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);