पाकिस्तानमा गुडिरहेको बस पहिरोमा पुरिंदा १६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पाकिस्तानमा गुडिरहेको बस पहिरोमा पुरिंदा १६ जनाको मृत्यु


एजेन्सी, ३ कार्तिक । पाकिस्तानको उत्तार क्षेत्र गिलगित बल्टिस्तानमा गुडिरहेको बस पहिरोमा पुरिंदा १६ जनाको मृत्यु भएको छ । पूर्वी रावलपिण्डीबाट स्कर्डु जिल्लातर्फ गइरहेको बस पहिरोमा पुरिदा उक्त घटना घटेको हो ।

बस माटोको ढिस्कोमा पुरिएको र बसमा सवार सबैजनाको मृत्यु भएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।बसमा महिला, बालबालिका र केही सुरक्षाकर्मीहरुसमेत रहेको बताइएको छ । बिदा मनाउन घर फर्किएकाहरु पहिरोमा पुरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

मृतकहरुको शव निकालेर सुरक्षाकर्मीले आफन्तलाई बुझाएका थिए । लगातारको वर्षाका कारण उक्त क्षेत्रमा पहिरो गएको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);