अपडेट : रसुवाको टिमुरेमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ८ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

अपडेट : रसुवाको टिमुरेमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ८ पुग्यो

रसुवा, १० साउन । अविरल बर्षासँगै आएको पहिरोमा परी रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २, टिमुरेमा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

सो पहिरोमा परी एउटा गेष्टहाउस, एउटा प्रहरी चेकपोष्ट र अस्थायी टहरामा सञ्चालित दुइ होटल पुरिएको नेपाली सेनाले जनाएको छ । पहिरोमा पुरिएकाको खोज तथा उद्धार कार्यको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय लागि परेका छन् ।

उक्त पहिरोमा परी हराईरहेका व्यक्तिहरुको खोजी तथा उद्धारको क्रम जारी छ । नेपाली सेनाको उद्धार टोलीले १२ जनाको शकुसल उद्धार गरेका छ भने ८ जनाको शव पहिरोबाट निकालिएको छ ।

उद्धार टोलीले २ वटा स्काभेटरको सहयोगमा पहिरो हटाई बेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धारको कार्य जारी राखेको नेपाली सेनाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);