अविरल वर्षापछि आएको पहिरोमा पुरीएर रसुवामा चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अविरल वर्षापछि आएको पहिरोमा पुरीएर रसुवामा चार जनाको मृत्यु

pahiro

काठमाडौं, १० साउन । अविरल वर्षापछि आएको पहिरोमा परि रसुवाको टिमुरेमा चार जनाको मृत्यु भएको छ ।

पहिरोले रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेस्थित अस्थायी प्रहरी चौकी र केही होटल र भूकम्प पीडितका केही अस्थायी टहरा पुरींदा चार जनाको मृत्यु भएको हो । पहिरोमा परि ११ जना सम्पर्क विहीन भएका छन् । मृत्यु हुनेको पहिचान हुन सकेको छैन । बजार क्षेत्रमा पहिरो गएकाले मृतकहरु पर्यटक भएको हुनसक्ने अनुमान गरिएको छ ।

चीनको केरुङ जानलागेका र केरुङबाट सामान लिएर फर्किएका केही कन्टेनरहरु समेत पुरीएका छन् । उद्दारका लागि आवश्यक सम्वन्वय भैरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न केही कठिनाइ भएको प्रजिअ पौडेलले बताए । टिमुरे चीनसँगको उत्तरी नाका रसुवागढी नजिकैको बजार हो । घटनास्थल सदरमुकाम धुन्चेबाट २५ किलोमिटरको दूरीमा पर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);