‘मार्सी’ गोड्न भ्याइनभ्याइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘मार्सी’ गोड्न भ्याइनभ्याइ

dhan

काठमाडौं, १० साउन । धान फल्ने विश्वकै उच्च स्थान जुम्लाको छुमचौर ज्युलोदेखि (खेत) खस भाषाको उद्गमस्थल सिन्जा क्षेत्रलगायतका सबै धानखेतमा किसान धान गोड्न व्यस्त छन् ।
जुम्लामा वैखाश, जेठमा धान रोपेर असारको पहिलो सातादेखि साउन दोस्रो सातासम्म धान गोड्ने चलन छ । चिसोका कारण असारमा रोपेको धान नपाक्ने भएकाले जेठमै धान रोपाइँ हुन्छ । जुम्लाका कृषि विज्ञ धनप्रसाद देवकोटाका अनुसार जेठमा धान नरोपे असोजमा पर्ने तुसारोका कारण यहाँ धान पाक्दैन ।

‘धान रोपेपछि पाक्नलाई आवश्यक पर्ने १५० देखि १६५ दिन हो । असारमा धान रोपे कात्तिकसम्म पाक्दैन । त्यसैले, परम्परादेखि जेठमै धान रोप्ने चलन जुम्लामा छ,’ उनले भने, ‘जलवायु परिवर्तनका कारण पहिल्लो समय तापक्रम बढ्दै जाँदा असारमा रोपेको धान पनि जुम्लामा पाक्छ । तर परम्परादेखि रही आएको चलन जुम्लाका कृषकले जेठमै धान रोप्ने गरेका हुन् ।’

धान गोड्न व्यस्त रहेकी तातोपानी गाउँपालिका–६ की कृषक शोभा कामीले अहिले भ्याइनभ्याइ भएको बताइन् । उनका अनुसार अहिलेको राजनीतिक विषयसहित देशका उत्कृष्ट संवादमा मार्सीको चर्चा रहेका कारण अहिले निकै धपेडी छ ।

कृषक लक्ष्मी थापाले जेठमा रोपेको धान चिसो सुरु नहुँदै पाक्ने भएकाले साउनसम्म धान गोड्ने बताइन् । उनले भनिन्, ‘त्यसको फलस्वरूप पछि धान उत्पापदन पनि वृद्धि हुन्छ ।’
अहिले जुम्लाका महिलालाई काली मार्सी गोड्न भ्याइनभ्याइ छ । चन्दननाथ नगरपालिका–३ की टिउकी नेपालीले भनिन्, ‘हाम्रो धान चामलको चर्चा केन्द्रमा बहुत चलेको छ, त्यसैले माग बढेको छ ।’ आजको राजधानी दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);