सिक्किमको उत्तरी क्षेत्रमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भिडन्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सिक्किमको उत्तरी क्षेत्रमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भिडन्त

एजेन्सी, १२ माघ । भारत र चीनका सुरक्षाकर्मीबिच सिक्किमको सीमा क्षेत्रमा भिडन्त भएको छ । केही दिनअघि सिक्किमको उत्तरी क्षेत्रमा रहेको ना कुलामा दुई देशका सुरक्षाकर्मीबिच झडप भएको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लद्दाखको सीमा क्षेत्रमा गएको वर्षदेखि सुरु भएको सीमा विवादको समाधान नभइरहेका बेला सिक्किममा पनि दुई देशका सुरक्षाकर्मीबिच झडपको अवस्था सिर्जना भएको हो । चिनियाँ सुरक्षाकर्मी सीमा पार गरेर भारतीय भूमिका प्रवेश गर्न खोजेको र भारतीय सेनाले उनीहरुलाई रोक्ने क्रममा झडपको अवस्था आएको दाबी छ ।

दुवै तर्फ केही सुरक्षाकर्मी घाइते भएको उल्लेख छ । अहिले अवस्था नियन्त्रणमा रहेको बताइएको छ । गएको वर्षको मे महिनामा गलवान क्षेत्रमा भारत र चीनका सेनाबिच भिडन्त भएको थियो ।

त्यसलाई लिएर दुवै तर्फ समस्या समाधानको प्रयासमा वार्ता भइरहे पनि समाधान हुन सकेको छैन । गलवानमा देखिएको समस्या समाधानको प्रयास स्वरुप आइतबार भारत र चीनका शीर्ष सैन्य अधिकारीबिच नवौँ चरणको वार्ता भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);