पश्चिमी अफ्रिकी मुलुक मालीमा विद्रोहीको आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पश्चिमी अफ्रिकी मुलुक मालीमा विद्रोहीको आक्रमण

एजेन्सी, १२ माघ । पश्चिमी अफ्रिकी मुलुक मालीमा विद्रोहीको आक्रमणमा ६ जना सैनिक मारिएका छन् भने विद्रोहीहरुतर्फ ३० जनाको मृत्यु भएको बताइएको छ । बुर्किना फासोको सीमा नजिकै विद्रोहीहरुले हमला गरेको र हमलामा अन्य केही घाइते भएको जनाइएको छ ।

विद्रोहीविरुद्धको कारवाहीमा उनीहरुको साथबाट ठूलो मात्रामा बन्दोबस्तीका सामग्रीसमेत नियन्त्रणमा लिएको सेनाको दावी छ । सन् २०१२ देखि मालीमा राजनीतिक अस्थिरता सुरु भएसँगै विद्रोहीहरुले हिंसात्मक गतिविधि गर्न थालेका छन् ।

विभिन्न जातीय समूहहरुले सशस्त्र गतिविधि सञ्चालन गर्न थालेसँगै मालिका विभिन्न क्षेत्र विद्रोहीको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । इस्लाम र मुसलमान समुदायको बसोबास रहेको सो क्षेत्रमा जातीय हिंसाका कारण मुलुकले विभिन्न समस्या भोग्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);