पश्चिमी अफ्रिकीमा विद्रोहीको आक्रमणबाट ११ प्रहरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पश्चिमी अफ्रिकीमा विद्रोहीको आक्रमणबाट ११ प्रहरीको मृत्यु

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा विद्रोहीको आक्रमणबाट ११ जना प्रहरीको मृत्यु भएको छ ।

हतियारधारी समूहले स्थानीय एक चौकीमा आक्रमण गर्दा त्यहाँ कार्यरत ११ जना प्रहरीको मृत्यु भएको हो । आक्रमणको कुनै पनि समूहले जिम्मा नलिएपनि विद्रोहीको खोजी भइरहेको त्यहाँको सरकारले जनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

राहत वितरणका क्रममा विद्रोहीहरुको आक्रमणमा सो घटना भएको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर जनाएको छ । विद्रोहीको निरन्तरको आक्रमणका कारण मानविय संकट उत्पन्न भएको भन्दै दातृ निकायहरुले चिन्ता व्यक्त गरेका छन् ।

विद्रोहीको लगातारको आक्रमणका कारण कयौ सर्वसाधारण विस्थापित भएको जनाइएको छ । विद्रोहीको हिंसात्मक आक्रमणका कारण विस्थापित हुनुहरुमध्ये करिब ८४ प्रतिशत महिला तथा बालबालिका रहेको बताइएको छ ।

सन् २०१५ पछि बुर्किना फासोले अल–कायदा र आईएसआईएलसँग सम्बन्धित विद्रोही लडाकूहरुको सामना गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);