अमेरिका र बेलायतको आक्रमणमा ३७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिका र बेलायतको आक्रमणमा ३७ जनाको मृत्यु

एजेन्सी,२३ चैत्र । हुथी विद्रोहीले यमनमा अमेरिकी र बेलायती हवाई आक्रमणमा ३७ जनाको मृत्यु भएको दाबी गरेका छन् । सोही क्रममा ३० जना घाइते भएका छन् । हुथी विद्रोहीहरूले यमनमा करिब ४२४ लक्ष्यमा हवाई आक्रमण गरेको दाबी गरेका छन्।

इजरायल–हमास युद्धमा प्यालेस्टाइनलाई समर्थन गर्ने हुथी विद्रोहीहरूले केही दिन अघि लाल सागरमा अन्तर्राष्ट्रिय जहाजमा आक्रमण गरेका थिए । फेब्रुअरी महिनादेखि नै अमेरिकी र बेलायतले हुथी विद्रोहीविरुद्ध लगातार कारबाही गरिरहेका छन्।
हुथी विद्रोहीको आक्रमणका कारण अन्तर्राष्ट्रिय व्यापारमा प्रतिकूल असर परेको छ । लाल सागर हुँदै यात्रा गर्ने धेरै जहाजहरूले अफ्रिकाको दक्षिणी छेउमा लामो यात्रा गर्नु पर्छ, जुन धेरै महँगो पनि छ।

हुथीलाई इरानको समर्थन छ। यो समूह सन् १९९० मा हुसेन अल हुथीद्वारा गठन गरिएको थियो। हुथी विद्रोहीले यमनका तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सालेहमाथि भ्रष्टाचारको आरोप लगाएर उनको शासनविरुद्ध आन्दोलन सुरु गरेका थिए । उनीहरू आफूलाई ‘अन्सार अल्लाह’ अर्थात् ईश्वरका साथीहरू पनि भन्छन्। हाल हुथी विद्रोहीको निशाना इजरायललाई समर्थन गर्ने देशहरू हुन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);