स्वीडेनका प्रधानमन्त्री स्टेफान लोफ्भेन पदमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

स्वीडेनका प्रधानमन्त्री स्टेफान लोफ्भेन पदमुक्त

एजेन्सी । स्वीडेनका प्रधानमन्त्री स्टेफान लोफ्भेन पदमुक्त भएको छ । संसदमा भएको मतदानमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भएको हो ।

मतदानमा सहभागी मध्ये १ सय ८१ जनाले सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका थिए भने ५१ जन अनुपस्थित भएका थिए । ३४९ जना सांसद मध्ये १ सय १७ जना मात्रै प्रधानमन्त्री लोफभेनको पक्षमा उभिएको बताइएको छ ।

विश्वासको मत नपाएपछि अब प्रधानमन्त्री लोफभेनलाई राजिनामा दिन वा मध्यावधि निर्वाचन घोषणा गर्न एक हप्ताको समय रहेको छ । सत्तारुढ दक्षिणपन्थी पार्टीलाई ग्रिन पार्टीले दिएको समर्थन फिर्ता लिएपछि स्विडेन सरकार संकटमा परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);