कोरोनाविरुद्धको खोप लगाउन नमान्नेलाई जेल हाल्ने फिलिपिनो राष्ट्रपतिको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

कोरोनाविरुद्धको खोप लगाउन नमान्नेलाई जेल हाल्ने फिलिपिनो राष्ट्रपतिको चेतावनी

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतुर्तेलले कोरोना भाईरसविरुद्धको खोप लगाउन नमान्नेहरुलाई जेलमा हाल्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति दुतुर्तेले सोमबार टेलिभिजनमार्फत सम्बोधन गर्दै खोप लिन अस्वीकार गर्नेहरुलाई जेल हाल्ने चेतावनी दिएका हुन् । उनले आफ्ना जनतालाई खोप वा जेलमध्ये एक छान्न भनेका थिए ।

एसियामा कोरोना भाईरस धेरै फैलिएको मुलुकहरुमध्ये फिलिपिन्स पनि एक हो । फिलिपिन्समा हालसम्म १३ लाख ६४ हजारभन्दा बढी संक्रमित रहेका छन् भने २३ हजारभन्दा बढीले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

यसअघि फिलिपिन्सका स्वास्थ्य अधिकारीहरुले खोप लगाउन आग्रह गरेको भएपनि त्यो स्वेच्छिक मात्र हुने बताएका थिए । यसको विपरीत राष्ट्रपति दुतुर्तेले भने खोप नलगाए जेल नै हाल्ने चेतावनी दिएका हुन् ।

खोपलाई अस्वीकार गर्ने फिलिपिनोहरुको व्यवहारले आफू दिक्क भएको बताउँदै राष्ट्रपति दुतुर्तेले देश संकटको घडीमा रहेकोले आफूलाई गलत नबुझ्न समेत अनुरोध गरेका छन् ।

११ करोड जनसंख्या रहेको फिलिपिन्समा हालसम्म २१ लाखले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);