कोभिड संक्रमण बढेपछि रसियामा एक साता कार्यलय बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोभिड संक्रमण बढेपछि रसियामा एक साता कार्यलय बन्द

एजेन्सी । रसियामा दैनिक कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले सम्पूर्ण कार्यलय एक साताका लागि बन्द गरेको छ । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले कोभिड संकटबीच एक साताका लागि कर्मचारीलाई ३० अक्टोबरबाट काममा नजान निर्देशन दिएका हुन् ।

बिदामा बस्ने कर्मचारीले भने नियमित तलब पाउनेछन् । राष्ट्रपति पुटिनले खोप लगाउन नमान्ने व्यक्तिलाई तत्काल खोप अभियानमा सहभागी भई सहयोग गर्न समेत अनुरोध गरेका छन् । रसियामा अझै पनि ५० प्रतिशतले खोप लगाएका छैनन् । पछिल्लो २४ घन्टामा रसियामा कोभिडबाट ११०० को मृत्यु भएको छ । यो सँगै रसिसामा कोभिडबाट मृत्यु हुनेको संख्या २ लाख २६ हजार ३ सय ५३ पुगेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);