बंगलादेशमा हिन्दूमाथि भएका शृंखलाबद्ध हमलाका दोषीलाई कडा कारबाही गरः अमेरिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बंगलादेशमा हिन्दूमाथि भएका शृंखलाबद्ध हमलाका दोषीलाई कडा कारबाही गरः अमेरिका

एजेन्सी । धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी आयोगले बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायमाथि भइरहेका हमलाप्रति चिन्ता व्यक्त गरेको छ । आयोगले हिन्दूमाथि भइरहेका हमला रोक्न र अतिवादी तत्वबिरुद्ध कडा कारबाही गर्न प्रधानमन्त्री शेख हसिना वाजेदसमक्ष आग्रह गरेको छ ।

दुर्गा पुजाका क्रममा एक हिन्दूले सामाजिक सञ्जाल फेसबुकमा मुसलमान समुदायको निन्दा गर्ने सामाग्री पोस्ट गरेको हल्लापछि हिन्दू समुदायमाथि शृंंखलाबद्ध हमला सुरु भएको थियो । 
एक सातादेखि फैलिएको हिंसामा मुसलमानहरुले हिन्दूहरुका ६६ घरमा आगजनी गरेका छन् भने २० ओटा घर भत्काइदिएका छन् । 

आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय स्वतन्त्र धर्मसम्बन्धी अमेरिकी आयोग (युएससीआईआरएफ) का अध्यक्ष नादिन मायन्जाले भने ‘बंगलादेशको पछिल्लो हिंसाबाट आयोग चिन्तित छ । ’हिंसा नियन्त्रण गर्न प्रधानमन्त्री वाजेदले अर्धसैनिक बल तैनाथ गरेको विषयलाई भने युएससीआईआरएफले स्वागत गरेको छ । साम्प्रादायिक हिंसाका कारण सयौं घाईते भएको र केही व्यक्ति मारिएको भन्दै युएससीआईआरएफले बंगलादेशका अल्पसंख्यक हिन्दूहरुको रक्षाका लागि प्रधानमन्त्री वाजेदले विशेष कदम चाल्नुपर्ने जनाएको छ । 

एक साता लामो हिंसामा देशभरबाट कम्तिमा पाँच जनाको मृत्यु भएको छ । तर, वास्तविक मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी भएको जनाइएको छ ।अहिलेसम्म देशभर ४५० हिन्दू मन्दिर तोडफोड भएको र आक्रमणकारीको खोजी कार्य तीब्र भइरहेको प्रहरीले जनाएको छ । बुधबार प्रधानमन्त्री वाजेदले धर्मको आडमा हिंसा भड्काउने जोकोहीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिएकी थिइन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);