अमेरिकामा कोरोना खोप लगाएकाहरु ९९ दशमलव ९९ प्रतिशत सुरक्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अमेरिकामा कोरोना खोप लगाएकाहरु ९९ दशमलव ९९ प्रतिशत सुरक्षित

एजेन्सी । अमेरिकामा कोरोना खोप लगाएकाहरु ९९ दशमलव ९९ प्रतिशत सुरक्षित रहेको एक अध्ययनले देखाएको छ । अमेरिकामा गरिएको अध्ययनमा खोप लगाएकाहरुमा कोरोना संक्रमणका कारण ा अस्पताल भर्ना हुने तथा मृत्यु नै हुने अवस्था आउनेको संख्या न्युन भएको देखिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको तथ्यांक अनुसार कोरोना संक्रमण भएका मध्ये खोप लगाएकाहरुको मृत्युदर ० दशमलव १० प्रतिशत मात्र मृत्यु भएको तथा ० दशमलव ५ प्रतिशतमात्र अस्पताल भर्ना हुनुपरेकोे छ ।

बाइडन प्रशासनले खोप लगाउनका लागि जोड दिइरहदाँ अमेरिकामा १२ वर्ष माथिका अझै ३१.२ प्रतिशतले खोप लगाएका छैनन् । अमेरिकामा ५०.७ प्रतिशतले खोपको पूर्ण मात्रा लगाइसकेका छन् भने दैनिक चार लाख ८६ हजारभन्दा बढी व्यक्तिलाई खोप लगाउने गरेको छ ।

अमेरिकामा हालसम्म ३५ करोडभन्दा बढी डोज खोप लगाइसकिएकोे छ । अहिले अमेरिकाका विभिन्न राज्य र सरकारका निकायहरुले आफ्ना मातहतका कर्मचारीलाई खोप लगाउन अनिवार्य गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);