अमेरिकामा आउँदो नोभेम्बर ८ देखि यात्रा प्रतिबन्ध पूर्णरुपमा खुला हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अमेरिकामा आउँदो नोभेम्बर ८ देखि यात्रा प्रतिबन्ध पूर्णरुपमा खुला हुने

एजेन्सी । अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपको पूर्णमात्रा लगाएकाहरुका लागि यात्रा प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।

खोपको पूर्णमात्रा लगाएका ३३ देशका यात्रका लागि आउँदो नोभेम्बर ८ देखि यात्रा प्रतिबन्ध पूर्णरुपमा खुला हुने अमेरिकाले जनाएको हो । ह्वाइट हाउसले जारी गरेको नयाँ नियम अनुसार खोपको पूर्णमात्रा लगाएका तथा यात्राको ७२ घण्टा भित्रको परीक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएकाहरु अमेरिका प्रवेश गर्न पाउने छन् ।

अमेरिकामा गएको वर्षको सुरुवातदेखि नै कडा यात्रा प्रतिबन्ध कायम छ । सार्वजनिक स्वास्थ्यलाई ख्यालमा राखेर यात्रा सम्बन्धी निर्देशिका जारी गरिएको र यो क्रम कायम रहने ह्वाइट हाउसले जनाइको छ ।

नयाँ नियम युरोपका २६ देशहरुको समूह शेन्जेनसँगै बेलायत, ब्राजिल, चीन, भारत, इरान, आयरल्याण्ड र दक्षिण अफ्रिकाका लागि लागु हुनेछ । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन एफडिएले स्वीकृत गरेको वा विश्व स्वास्थ्य संगठन डब्लुएचओले आपतकालीन प्रयोगको अनुमति दिएको खोप लगाएकाहरु यात्राका लागि योग्य हुने जनाइएको छ । अमेरिका प्रवेशपछि यात्रुहरु क्वारेन्टिमा बस्नु पर्ने छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);