अमेरिकामा ब्राजिल भ्रमण गर्नेलाई प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

अमेरिकामा ब्राजिल भ्रमण गर्नेलाई प्रतिबन्ध

us america

एजेन्सी,१२ जेठ । अमेरिकामा ब्राजिल भ्रमण गर्नेलाई प्रतिबन्ध लगाएको छ । पछिल्ला १४ दिनमा ब्राजिल यात्रा गरेका विदेशी नागरिकहरूलाई अमेरिकाले आफ्नो देश छिर्नमा प्रतिबन्ध लगाएको छ ।

यस्तो प्रतिबन्धलाई ह्वाइटहाउसकी एकजना प्रवक्ताले अमेरिकामा नयाँ सङ्क्रमण नभित्र्याउने कार्य सुनिश्चित गर्ने उपाय बताइन् । प्रतिबन्धले अमेरिकी नागरिक, उनीहरूका श्रीमानश्रीमती, अभिभावक, कानुनी संरक्षक, अमेरिकी नागरिकका सन्तान वा कानुनी रूपमा स्थायी आवासीय अनुमति भएका र २१ वर्ष मुनिका तिनका धेरैजसो दाजुभाइ एवं दिदीबहिनीहरूलाई भने रोक्नेछैन ।

यसअघि नै चीन, इरान, युरोपको सेन्जेन क्षेत्र, ब्रिटेन र रिपब्लिक अफ आयरल्याण्ड भ्रमण गर्नेहरूलाई अमेरिकामा प्रतिबन्ध लगाइएको छ ।

क्यानाडा र अमेरिकाले समेत हालै दुई देशको सीमामा अत्यावश्यक बाहेकका यात्राका लागि जारी बन्द लम्ब्याउने सहमति गरेका छन् ।

अमेरिकामा अहिले सबैभन्दा १६ लाखभन्दा बढी सङ्क्रमित पुष्टि हुनुका साथै झण्डै एक लाख मानिसहरूले ज्यान गुमाएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);