आरबी लाइपजिगसगँ ५–० गोल अन्तरले माइन्ज पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आरबी लाइपजिगसगँ ५–० गोल अन्तरले माइन्ज पराजित

एजेन्सी, १२ जेठ । आइतबार राति भएको खेलमा लाइपजिगले माइन्जलाई ५–० गोल अन्तरले पराजित गरेको हो । लाइपजिगको जितमा टिमो वर्नरले ह्याट्रिक गरे । यस्तै युसुफ पुल्सेन र मार्सेल सबिट्जरले एक एक गोल गरे ।

माइन्जको मैदानमा ११ औं मिनेटमा वर्नरले गोल गर्दै खाता खोलेका थिए । २३ औं मिनेटमा युसुफले लाइपजिगको अग्रता दोब्बर बनाए । ३६ औं मिनेटमा मार्सेलले गोल गर्दा लाइपजिग पहिलो हाफमा ३–० ले अघि रह्यो ।

दोस्रो हाफमा वर्नरले ह्याट्रिक पुरा गरे । खेलको ४८ औं मिनेटमा वर्नरले व्यक्तिगत दोस्रो गोल गर्दा ७५ औं मिनेटमा ह्याट्रिक पुरा गर्दै टोलीलाई ५–० को जित दिलाए । जितसँगै लाइपजिगले २७ खेलबाट ५४ अंक जोडेको छ । लाइपजिग लिगको तेस्रो स्थानमा रहेको छ । २७ अंक जोडको माइन्ज १५ औं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);