कोरोना भाइरसका बारेमा अमेरिकाले त्रास फैलाइरहेको चीनको आरोप | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

कोरोना भाइरसका बारेमा अमेरिकाले त्रास फैलाइरहेको चीनको आरोप

एजेन्सी, २० माघ । चीनले अमेरिकामाथि कोरोना भाइरसका बारेमा ‘त्रास’ फैलाइरहेको आरोप लगाएको छ । चीनले प्राणघातक कोरोना भाइरस नियन्त्रणका लागि अमेरिकाबाट सहयोग भन्दा बढी त्रास फैलीएको आरोप लगाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले सोमबार नियमित पत्रकार सम्मेलनमा अमेरिका प्रवेशगर्ने सबै चिनियाँ यात्रुमाथि प्रतिबन्ध लगाएर अमेरिकाले त्रास फैलाएको आरोप लगाएकी हुन् ।

अमेरिकाले शुक्रबार स्वास्थ्य संकटकाल घोषणा गर्दै पछिल्लो समय चीन भ्रमण गरेका सबै विदेशी नागरिकको प्रवेशमा रोक लगाएको थियो । अमेरिकी प्रतिबन्ध आफ्नै नागरिकमाथि पनि लाग्नेछ ।

कोरोना भाइरसको उद्गमस्थल रहेको हुबेईबाट फर्कने अमेरिकी नागरिकले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा निगरानीमा बस्नुपर्छ । सोमबारसम्म अमेरिकामा ११ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । वुहानबाट सुरु भएको कोरोनाको प्रकोप अहिले विश्वका २७ मुलुकमा फैलिइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);