केन्याको एक विद्यालयमा भागदौड हुँदा १४ विद्यार्थीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

केन्याको एक विद्यालयमा भागदौड हुँदा १४ विद्यार्थीको मृत्यु

kenya school bhagdwad

एजेन्सी, २१ माघ । केन्याको एक प्राथमिक विद्यालयमा भागदौड हुँदा कम्तिामा १४ जना विद्यार्थीको मृत्यु भएको छ । राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा स्थानीय समय अनुसार साँझमा भएको भागदौडमा ४० भन्दा बढी बालबालिका घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

सानो भर्याङबाट सबै विद्यार्थी एकै पटक निस्क्न खोज्दा भागदौड भएको हुन सक्ने आशंका गरिएको छ । तर घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत वर्ष पनि नैरोबीकै एक प्राथमिक विद्यालयको भवन भत्किँदा आठ जना बालबालिकाको मृत्यु भएको थियो भने ६९ जना घाइते भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);