मध्य फिलिपिन्सको टक्लोबान सहरस्थित एक विद्यालयमा सोमवार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । स्थानीय प्रहरीले दिएको जानकारीअनुसार विद्यालयमा कक्षा सञ्चालन भइरहेको समयमा घटना घटेको हो । स्थानीय समयअनुसार बिहान करिव ९ बजे भएको उक्त आक्रमणका क्रममा कक्षाकोठाभित्रै गोली चलेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा गोलीको आवाज सुनिने बित्तिकै विद्यार्थी र शिक्षकहरू सुरक्षाका लागि डेस्कमुनि लुकेको र भागदौड मच्चिएको देखिन्छ । घटनालगत्तै पुगेका आपतकालीन उद्धारकर्मीहरूले घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा पु¥याएका थिए । प्रहरीले आक्रमणमा संलग्न रहेको आशङ्कामा एक जना संदिग्ध व्यक्तिलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । यद्यपि आक्रमणको कारण भने अझै खुल्न सकेको छैन । यस घटनाका सम्बन्धमा थप तथ्यहरू फेला पार्न र आक्रमणको परिस्थिति बुझ्न प्रहरीले विस्तृत अनुसन्धान शुरु गरिसकेको अधिकारीहरूले जनाएका छन् ।
फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते
ताजा समाचार
अस्ट्रेलियामा हालसम्मकै ठूलो परिमाणको कोकिन बरामद
३४ मिनेट अघि
कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो
५२ मिनेट अघि




