अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु

santa fe

एजेन्सी, ५ जेठ । अमेरिकाको टेक्सासस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली चलाईंदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने दश जना भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश छात्र रहेको प्रहरीले जनाएको छ ।

ह्यसटनबाट ६५ किलोमिटरको दूरीमा रहेको सेन्टा फी हाइस्कूलमा अन्धाधुन्ध गोली प्रहार भएको हो । १७ वर्षीय दिमित्रीओस पर्गोटजिस नामका विद्यार्थीले विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा घटना भएको टेक्सास राज्य सरकारले बताएको छ । गोली चलाउने विद्यार्थी पक्राउ परेका छन् । ती विद्यार्थी आफ्ना बाबुले दर्ता गरी राखेको एउटा सर्ट गर्न र रिभल्बर लिएर विद्यालय आएका थिए ।

प्रहरीले घटनाको कारण बारे अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले विद्यालय परिसर भित्र र बाहिरबाट विष्फोटक पदार्थहरु बरामद गरेको छ । गएको फेब्रुअरी महिनामा फ्लोरिडा राज्यको पार्कलेण्डस्थित एउटा स्कूलमा गरिएको गोली काण्डमा १४ विद्यार्थी सहित १७ जनाको ज्यान गएको थियो

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);