अमेरिकाको टेक्सासस्थित एक चर्चमा गोली चल्यो, बन्दुकधारीसहित तीनको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकाको टेक्सासस्थित एक चर्चमा गोली चल्यो, बन्दुकधारीसहित तीनको मृत्यु

एजेन्सी, १४ पुस । अमेरिकाको टेक्सासस्थित एक चर्चमा प्रार्थना भइरहेको समयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।

टेक्सासको फोर्ट वार्थ नजिकैको ह्वाइट सेटलमेन्टमा रहेको वेस्ट फ्रीवे चर्च अफ क्रिष्टमा यो घटना भएको हो । सामाजिक सञ्जालमा लाइभ समेत भइरहेको प्रार्थनाका क्रममा एक जना बन्दुकधारी उभिएर अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।

प्रार्थनाका लागि बेन्चमा बसेका बन्दुधारीले एकाएक उठेर गोली चलाएको र गोली लागेर दुई जनाको मृत्यु भएको थियो । त्यसपछि चर्चमा आएका अर्का व्यक्तिले आक्रमणकारीमाथि गोली चलाए र आक्रमणकारीको पनि मृत्यु भयो । आक्रमणको कारण वा उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);