जर्मनीको चर्चमा गोली चल्यो,७ जनाको मृत्यु, कैयौं घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जर्मनीको चर्चमा गोली चल्यो,७ जनाको मृत्यु, कैयौं घाइते

काठमाडौं, २६ फागुन । जर्मनीको दोस्रो ठूलो सहर ह्याम्बर्गमा बिहीबार राति एउटा चर्चमा गोली प्रहार भएको छ । यस घटनामा ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । तर, मृतकको संख्या भने प्रहरीले पुष्टि गर्न सकेको छैन । धेरै घाइते भएको बताइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्रहरीका अनुसार आक्रमणकारीले करिब १० मिनेटसम्म गोली चलाएको थियो।

आक्रमणकारी पनि मारिएको प्रहरीको अनुमान छ । एक प्रहरी अधिकारीले भने,‘गोली चलेको जानकारी पाएको १५ मिनेटमै हामी घटनास्थलमा पुग्यौँ । हामीले चर्चको माथिल्लो तलामा बन्दुकको आवाज सुन्यौं। त्यहाँ पुग्दा शव भेटियो । हामीलाई लाग्छ कि यो आक्रमणकारीको हो। हाल यसको पहिचान हुन सकेको छैन ।’

यो घटना ग्रोस बोर्स्टेल क्षेत्रको चर्चको जेहोभाज विटनेसेस किंगडम हलमा भएको प्रहरीले जनाएको छ । आक्रमणकारीको बारेमा अहिलेसम्म कुनै ठोस जानकारी प्राप्त भएको छैन। उनले घटना किन गराए भन्ने पनि थाहा छैन । ह्याम्बर्ग पुलिसले ट्वीट ग¥यो– यो गोलीबारीमा धेरै मानिसहरू गम्भीर घाइते भएका छन्। हामी ठूलो संख्यामा सुरक्षा बलको साथ साइटमा छौं।

सीसीटीभी स्क्यान भइरहेको प्रहरीले जनाएको छ । चर्च वरपरका सडकहरू घेराबन्दी गरिएको छ र घटनास्थलमा भारी प्रहरी बल तैनाथ गरिएको छ। प्रहरीका अनुसार धेरैलाई गोली लागेको छ । प्रहरी प्रवक्ताले भने– मृत्यु भएकाहरुको शरिरमा गोली लागेको छ । दुई प्रत्यक्षदर्शीले एन–टिभी टेलिभिजनलाई भने कि उनीहरूले बन्दुकको आवाज सुनेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);