इराकको संसदीय निर्वाचनमा पूर्व शिया लडाकु गठबन्धन विजयी | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

इराकको संसदीय निर्वाचनमा पूर्व शिया लडाकु गठबन्धन विजयी

iraq election

एजेन्सी, ५ जेठ । इराकको संसदीय निर्वाचनमा पूर्व शिया लडाकु प्रमुख मोक्तादा सद्र नेतृत्वको गठबन्धन विजयी भएको छ । सद्रको गठबन्धनले ५४ सीटमा जित हासिल गरेको त्यहाँको निर्वाचन आयोगका अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

इरान समर्थक फतह गठबन्धन ४७ सीटसहित दोस्रो भएको छ । वर्तमान प्रधानमन्त्री हैदर अल–अबादीको दल ४२ सीटसहित तेस्रो स्थानमा खुम्चिएको छ । लामो समयदेखि अमेरिकाको विरोधीका रूपमा रहिआएका सद्र आफैँ चुनावमा नउठेकाले प्रधानमन्त्री बन्न पाउने छैनन् । तर, नयाँ सरकार गठनमा उहाँको भूमिका महत्वपूर्ण हुनेछ ।

सन् २००३ को अमेरिकी नेतृत्वको अतिक्रमणपछि दुईवटा आन्दोलनको नेतृत्व गरेका सद्र कट्टर राष्ट्रवादी हुन् भने इरानका कडा आलोचकका रुपमा चिनिन्छन् ।

ताजा समाचार