चीनले बनायो १० दिनमा हजार शय्याको अस्पताल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

चीनले बनायो १० दिनमा हजार शय्याको अस्पताल

एजेन्सी, २० माघ । चीनले कोरोना भाइरस संक्रमितको उपचारका लागि १० दिनमा एक हजार शय्याको अस्पताल बनाएको छ । प्राणघातक कोरोना भाइरसको उद्गमस्थल वुहानमा चीनले बनाएको एक हजार शय्याको अस्पताल सोमबारदेखि सञ्चालनमा आएको हो । चीनले नयाँ अस्पतालमा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरण पठाइसकेको छ ।

चीनले जनवरी २४ बाट बनाउन थालेको उक्त अस्पताल सन् २००३ मा सार्स संक्रमितका लागि बेइजिङमा बनाइको सियाताङ्शान अस्पतालकै मोडेलमा बनाइएको छ ।

नयाँ अस्पतालमा एक हजार ४ सय स्वास्थ्यकर्मी खटाइएको चिनीयाँ संचार माध्यमहरुले जनाएका छन् । यो अस्पताल ३४ हजार वर्ग मिटरमा फैलिएको छ । यो अस्पताल बनाउन सिकर्मी, प्लम्बर, इलेक्ट्रिसियन तथा अन्य विज्ञ गरी ७ हजार व्यक्ति खटिएका थिए ।

यस्तै अन्य शहरहरुमा पनि नयाँ अस्पताल निर्माण हुने क्रममा रहेको र एक साताभित्रै सञ्चालनमा आउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच चीनसँगको सीमा नाका बन्द गर्न माग गर्दै हङकङका स्वास्थ्यकर्मीहरु हडतालमा उत्रेका छन् । उनीहरुले कोरोना भाइरसको संक्रमण फैलन नदिन सीमा नाका बन्द गर्नुपर्ने अडान राखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);