यूएईले नेपालसहित विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटायाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

यूएईले नेपालसहित विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटायाे

एजेन्सी । संयुक्त अरब इमिरेट्स यूएईले कोभिड–१९ संक्रमणको जोखिमका कारण नेपाल र भारत लगायत विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

यात्रा प्रतिबन्ध हटाइएका ६ मुलुक मध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा रहेका छन् । कोभिड–१९ संक्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउने जाने यी मुलुकका लागि प्रतिबन्ध लगाइएको थियो ।

यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटीले ट्वीटमार्फत जारी दिइएको सन्देशमा यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैध रूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुने भनिएको छ ।

यद्यपि युएइ प्रवेश गर्नेले कोभिड विरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्ने छ । मुलुकमा कार्यरत चिकित्सक, नर्स र खोप नलगाएका प्राविधिकलगायतलाई भने यो समूहमा राखिएको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);