आजदेखि नेपालीलाई यूएई आगमन खुल्ला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

आजदेखि नेपालीलाई यूएई आगमन खुल्ला

काठमाडाैं । संयुक्त अरब ईमिरेट्स यूएईले आजदेखि नेपालबाट यूएई आगमन खुल्ला गरेको छ ।

यूएई सरकारले आफ्नो देश आउनको लागि २ डोज खोप लगाएको हुनुपर्ने र यूएईका अस्पताल वा सरकारी निकायबाट जारी खोप सर्टिफिकेट भएको हुनुपर्ने नियम बनाउदै नेपालबाट आउनेका लागि आगमन खुला गरेको हो ।

जसका कारण यूएईमा नै आवश्यक खोपको मात्रा प्राप्त गरी कम्तीमा १४ दिन पूरा गरेको र यूएईकै सरकारी स्वास्थ्य संस्थाबाट जारी खोप कार्ड वा भ्याक्सिन प्रमाण पत्र भएको नेपाली नागरिक मात्र यूएई आगमन हुन सक्नेछन् ।

यूएई सरकारले यात्रा अनुमति दिए पनि यूएईबाट कोभिड भ्याक्सिन नलगाइ नेपाल गएका अन्य नागरिकहरू हकमा यो नियम लागु हुने छैन । जसले गर्दा लामो समय देखि नेपालमै अड्केर बसेका श्रमिकहरू सहजै यूएई प्रवेश गर्न सक्ने छैनन् ।

अर्थात् खोप नलगाई छुट्टीमा गएकाहरू वा नेपालमा दुई खोप लगाउनेहरूले समेत यूएई आउन पाउने छैनन् । अन्य विशिष्ट गैर नागरिकको हकमा खोपको मात्रा पुरा नभए पनि यूएई प्रवेश पाउने भएका छन् । तर उनीहरूले अन्य प्रक्रिया भने पुरा गर्नु पर्नेछ ।

विशिष्ट व्यक्तिहरू यूएईमा काम गर्ने सरकारी कर्मचारी, शिक्षक, नर्स, चिकित्सक, यूएईमा उपचारको गराइ रहेका बिरामी र विशेष मानवीय कामको लागि यूएई आउनु पर्ने व्यक्तिलाई बिना खोप प्रवेश दिइने भएको छ ।

कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण यूएई सरकारले नेपाल, भारत लगायत विभिन्न छ देश श्रीलङ्का, पाकिस्तान दुई अफ्रिकी मुलुक नाइजेरिया र युगान्डाका यात्रुमाथि मे महिनाको पहिलो हप्तादेखि आगमनमा रोक लगाएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);