विभागले बाइक राइडर र ट्याक्सी ड्राइभरलाई श्रम स्वीकृति नदिने | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

विभागले बाइक राइडर र ट्याक्सी ड्राइभरलाई श्रम स्वीकृति नदिने

काठमाडौँ, ९ फागुुन । वैदेशिक रोजगार विभागले बाइक राइडर र ट्याक्सी ड्राइभर पदको पूर्वस्वीकृति नदिने भएको छ । विभागले वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा अर्को निर्णय नभएसम्म उक्त श्रम स्वीकृति नदिने भएको हो ।

यूएई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा गएका अधिकांश श्रमिक विभिन्न समस्यामा परेको गुनासो आएपछि सोमबार सूचना सार्वजनिक गर्दै विभागले अर्को निर्णय नहुँदासम्म यी पदका लागि पूर्वस्वीकृति नदिने निर्णय गरेको हो ।
यूएई र कतारमा यी पदका लागि स्वीकृत भएका मागपत्रको न्यूनतम तलब प्राप्त गर्न नसकेको, सहज रूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन बस्नु परेको, धेरै पटक ट्राफिक कारबाहीमा परेर धेरै

जरिवाना तिर्नुपरेकोजस्ता थुप्रै गुनासो विभागमा आएको छ ।

Leave a Reply

ताजा समाचार