नेपाली समाज विकृतिले भरियोः डा. जगमान गुरुङ | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

नेपाली समाज विकृतिले भरियोः डा. जगमान गुरुङ

काठमाडौं, ९ फागुन । संस्कृतिविद् डा.जगमान गुरुङले नेपाली समाज विकृतिले भरिन थालेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित दोलखाको चरणावती तीर्थबारे छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली समाज विकृत रुपमा अघि बढीरहेकाले समाजलाई सच्याएर अघि बढाउनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले नेपालीहरुले पुरानो संस्कृति र संस्कार बिर्सिसकेकाले यसलाई पुनः उजागर र प्रवद्र्धनको आवश्यक्ता रहेको बताउनु भयो ।

संस्कृतिविद् गुरुङले नेपाली समाजलाई विदेशीहरुले हेर्न आउने लायक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको राजनीतिक वर्गले नेपाली मानिसहरुको दिमागको सही सदुपयोग गर्न नसकेको बताउनु भयो । उहाँले नेपाली समाजमा छाडा संस्कृति हाबी भइरहेको बताउनु भयो ।  ‘अहिले नेपालमा नेपालीहरुले मान्छेलाई चिनेका छैनन् । मान्छेको दिमागको सदुपयोग गर्न सकेका छैनन् । प्राध्यापक डाक्टर पिताम्बर शर्मा अहिले कीर्तिपुरतिर बस्नुहुन्छ, उहाँलाई योजना आयोगको उपाध्यक्ष बनाइयो तर माथिबाट दबाब आएका कारण म काम गर्न सक्दिन भनेर राजीनामा दिएर बस्नुभयो । मानिसको दिमाग कुहिएको छ, दिमागलाई नेपालका राजनीतिक वर्गले सदुपयोग गर्न सकेको छैन ।’ उहाँले भन्नुभयो,’अहिले बुढाबुढी गाउँमा, छोराछोरी शहरमा बस्छन्, नातीनातिनी होस्टेलमा बस्छन् । तीन पुस्ताको भेट नै हुन पाउँदैन । अनि संस्कृतिको हस्तान्तरण कसरी गर्ने ? अहिले नातीनातिनीहरुले लगाएको लुगा देख्दा बुढाबुढीहरु लाज हुन्छ । १२/१५ वर्षका केटीहरु हाफ पाइन्ट लगायो, त्यो पनि पट्याउँदै पट्याउँदै माथिसम्म ल्याउँछन्, अर्धनग्न अवस्थामा छ । विश्वका मानिसले नेपालीहरु कसरी मिलेर बसेका रहेछन् त ? भनेर नेपाली समाज र संस्कृति हेर्न आओस् न । नेपाली समाज अहिले धेरै अघि बढेको छ, त्यो स्वीकृतिमा होइन, विकृतिमा छ । हामीले आफ्नो पुरानो संस्कार छोडिसकेका छौँ । आपसी सद्भाव छोडिसक्यौँ । अहिले भारतको अन्न ल्याएर खान्छौँ, पहिला नेपालमा आउँथे ।’

सम्पूर्ण शास्त्रहरु गौरीशंकर हिमालबाट उत्पत्ति भएकाले गौरीशंकर हिमालको उजागर गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कालिन्चोकलाई शक्तिकेन्द्रको रुपमा स्थापित गर्नुपर्ने बताउनु भयो । उहाँले कालिन्चोक, चरणावती तीर्थ, दोलखा भीमसेन र गौरीशंकर हिमाल र च्छो रोल्वा हिमालको प्रचारप्रसार गर्नसके मानवसरोवर र कैलाश जाने तीर्थयात्री गौरीशंकर र च्छोरोल्वामा आउने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);