देशमा स्थायित्व आवश्यक : रामचन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

देशमा स्थायित्व आवश्यक : रामचन्द्र पौडेल

ramchandra poudel

काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुने बताउनु भएको छ । शनिबार दमौलीमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व आवश्यक रहेकोमा जोड दिनु भएको हो ।

उहाँले नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई अवसर प्राप्त भएको बताउँदै कांग्रेसले मात्र देश विकास गर्न सक्ने दावी गर्नुभयो । अहिले प्राप्त भएको अवसरलाई कांग्रेसले सदुपयोग गर्ने उहाँको भनाई छ ।

झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको नेता पौडेलको भनाइ छ ।कांग्रेस आन्दोलनबाट नभई अदालतबाट आउने फैसलाको पक्षमा रहेकाले संयुक्त आन्दोलनको बारेमा अहिले नसोचिएको उहाँले उल्लेख गर्नुभयो ।

त्यसैगरी उहाँले पार्टीको सम्दर्भमो पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);