कम्युनिष्ट पार्टीको सफलता असत्य रहेछ : पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कम्युनिष्ट पार्टीको सफलता असत्य रहेछ : पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीले गत निर्वाचनमा ल्याएको दुई तिहाइ मतलाई रामछायाँको संज्ञा दिएका छन् । कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलता असत्य सावित भएको उनको भनाइ छ ।

‘कम्युनिष्ट पार्टीले देशमा त्यत्रो ठूलो सफलता हासिल गरेको थियो । तर, त्यो सत्य रहनेछ, असत्य रहेछ, टिकाउ रहनेछ । केवल मान्छे झुक्काउने नाटक रहेछ भन्ने सिद्ध भएको छ । त्यत्रो ठूलो बहुमत ल्याएको कम्युनिष्ट पार्टी आफैँमा चकनाचुर भएको छ । कम्युनिष्ट पार्टी टुक्राटुक्रा भएको छ,’ कांग्रेस भिमाद नगर कमिटीले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले भने ।

सिंगो कम्युनिष्ट आन्दोलनमा विकराल स्थिति सिर्जना भएको पौडेलले दाबी गरे । कम्युनिष्ट आन्दोलन दिशाहीन भएको बताउँदै उनले भने, ‘नेपालका कम्युनिष्टहरूको कुनै गन्तव्य छैन्, कहाँ जाने हो ठेगान भएन । तत्काल के गर्ने हो उदेश्य केही अत्तोपत्तो छैन् । सत्ता उपयोग गरे, शासनमा पुगे जनता झुक्काए । केही समय सत्ताको झिलीमिली देखाए । तर त्यो रामछायाँ भयो ।’ कम्युनिष्ट पार्टीहरु अस्तित्वविहीन हुँदै गइरहेको उनको जिकिर छ । 

उनले अधिनायकवादी शक्तिको प्रतीक कम्युनिष्ट पार्टी भएको बताए । अधिनायकवादी शक्ति कम्युनिष्ट छिन्नभिन्न र टुटफुट हुँदैमा मख्ख हुने बेला नआएको भन्दै कांग्रेसका नेता कार्यकर्तालाई सावधान बन्न सुझाव दिए ।

आउने निर्वाचनमा कांग्रेसले सर्वत्र विजयी प्राप्त गर्ने हैसियत बनाउनुपर्नेमा नेता पौडेलको जोड थियाे । गत निर्वाचनमा तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले पराजय व्यहोर्नु परेको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);