नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन तथा संवैधानिक निकायमा भएको नियुक्तिको विरोधमा आज प्रदर्शन गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन तथा संवैधानिक निकायमा भएको नियुक्तिको विरोधमा आज प्रदर्शन गर्दै

काठमाडाैं, २४ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन तथा संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा आज प्रदर्शन गरिरहेको छ । संवैधानिक निकायमा भएको नियुक्तीको विरोधमा पहिलो पटक औपचारिक धारणा सनर्वजनिक गर्दै कांग्रेसले आज विरोध प्रदर्शनको आयोजना गरेको हो ।

कांग्रेस विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई सरकारले सुरुदेखि कुल्चिँदै आएको उल्लेख छ । त्यसविरुद्ध कांग्रेस उभिएको भन्दै प्रवक्ता शर्माले प्रतिनिधि सभा विघटन, संवैधानिक निकायहरुमा भएको नियुक्ति, सरकारको अध्यादेश जारी गर्ने कदम पछिल्लो सपथग्रहण सबैको विरोध गर्ने बताउनु भयो ।

कांग्रेसले आज जिल्ला सदरमुकामहरुमा प्रदर्शन गरेको हो । काठमाडौँमा कालो पट्टी, मास्कसहित भौतिक दूरी कायम गर्दै मौन विरोध प्रदर्शनसहित मानव साङ्लोमा टुँडिखेल घेर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

प्रदर्शनमा शुभेच्छुक संस्थाहरुको सक्रिय सहभागिता रहेन जनाएको छ । प्रतिनिधि सभा विघटनलाई अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै कांग्रेसले शान्तिपूर्ण आन्दोलन गर्न सबै दल र संस्थाहरूलाई अपिल गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);