अमेरिकामा 'प्रतिबन्ध' | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एजेन्सी, ९ असोज । अमेरिकाले आफ्ना विवादास्पद यात्रा प्रतिबन्ध विस्तार गर्दै उत्तर कोरिया, भेनेजुएला र चाडका नागरिकहरुलाई अमेरिका आउनमा कडाइ गरेको बीबीसीले जनाएको छ।

ह्वाइट हाउसले नयाँ प्रतिबन्ध विदेशी सरकारले उपलब्ध गराएका सूचनाका आधारमा समीक्षा गरेपछि लगाइएको बताएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय घोषणा गर्दै आइतबार आफु र आफ्ना देशका सुरक्षाका लागि कडाइ गर्न परेको बताएका छन् । शंकास्पद व्यक्तिलाई प्रवेस गर्न नदिने उनको भनाई थियो ।

भेनेजुएलाका लागि लगाइएको प्रतिबन्ध सरकारी एजेन्सीमा काम गर्ने अधिकारीरुहरु र तिनका परिवार लक्षित रहेको छ। राष्ट्रपति ट्रम्पले यस अघि प्रतिबन्ध लगाएका छ मुस्लिम मुलुकमध्ये सुडानमाथिको प्रतिबन्ध फुकुवा गरिएको छ। यात्रा प्रतिबन्ध लगाइएका अरु मुलुकहरु इरान, लिबिया, सिरिया, सोमालिया र यमन हुन् जसलाई  मुस्लिम प्रतिबन्धुको रुपमा लिइएको थियो। तर उत्तर कोरिया र भेनेजुएला थपिएपछि अब यात्रा प्रतिबन्ध लगाएका सबै मुलुकहरु मुस्लिम बहुल रहेनन्।

प्रतिबन्ध १८ अक्टोबरदेखि कार्यान्वयनमा आउने र अहिले प्रवेशाज्ञा पाइसकेकाहरुमा लागु नहुने ह्वाइट हाउसले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);