ट्रम्पको पहिलो निर्णय सफल, यात्रा प्रतिबन्ध तत्काल कार्यान्वयन गर्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

एजेन्सी । अमेरिकी राट्रपति रोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि गरेको पहिलो निर्णय सफल भएको छ। अमेरिकाको सर्वोच्च अदालतले मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयको समर्थन गरेको हो।

सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको निर्णयको समर्थन गर्दै तत्काल यात्रा प्रतिबन्धको निर्णय पूर्ण रुपले कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ। ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगतै मुस्लिम बाहुल्य देशबाट अमेरिकाको सुरक्षामा खतरा रहेको भन्दै चाड, इरान, लिबिया, सोमालिया, सिरिया र यमनमाथि यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए।

राष्ट्रपतिको निर्णयको विरुद्धमा विभिन्न संघीय अदालतले फैसला गरेपछि कार्यान्वयनमा आउन सकेको थिएन। यस मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपतिको पक्षमा फैसला गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको हो।

यस्तै एक सय २० दिनसम्म शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी प्रस्तावलाई पनि यसअघि नै अदालतले स्वीकार गरेको थियो। अब सर्वोच्च अदालतको आदेशपछि मुस्लिम बाहुल्य ६ देशका नागरिक अमेरिका प्रवेश गर्न नपाउने भएका छन्। तर पहिले नै अमेरिकामा बस्दै आएका ती देशका नागरिकका सम्बन्धमा भने के हुने भन्ने बारे अन्यौल छ।