एजेन्सी, १३ असार । अमेरिकाको सर्बोच्च अदालतले ६ मुस्लिमसहित विभिन्न ८ राष्टका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको गतवर्षको निर्णय सदर गरेको छ ।
ट्रम्पले गत वर्ष मुसलमान बहुल सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । यो निर्णयपछि ट्रम्पको अन्तर्राष्ट्रिय जगतमा चर्को आलोचना भएको थियो । तर अमेरिकाको सर्वोच्च अदालतले ट्रम्पको निर्णय सदर गरिदिएको छ । न्यायाधीशको मत अनुसार हुने फैसलामा ४ न्यायाधीशले सदर गर्न नहुने अडान लिएका थिए भने ५ न्यायाधिशले समर्थन जनाएका थिए । ट्रम्पको पक्षमा १ न्यायाधीश बढी देखिएपछि ट्रम्पको कदमले वैधानिकता पाएको हो ।
हरेक निर्णयमा विवादीत बन्न पुगेका ट्रम्पको पक्षमा भएको यो फैसलालाई अहिलेसम्मकै ठूलो जितका रुपमा विश्लेषण गरिएको छ । राष्ट्रपति ट्रम्पले फैसलालगत्तै ट्वीट गर्दै अ आफ्नो निर्णय सहि भएको बताएका छन् ।




