अमेरिकाको ५ राज्यका न्यायाधीशहरु ट्रम्पको विरोधमा, वासिंटनका प्रमुखले गरे यस्तो आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अमेरिकाको ५ राज्यका न्यायाधीशहरु ट्रम्पको विरोधमा, वासिंटनका प्रमुखले गरे यस्तो आग्रह

६ देशका नागरिकलाई प्रवेशमा रोक लगाउने राष्ट्रपति ट्रम्पको आदेश विरुद्व अमेरिकाका ५ राज्य अदालतमा, वासिंटनका न्यायाधिशद्वारा आदेश फिर्ता लिन ट्रम्पलाई आग्रह

अमेरिकाको ५ राज्यका न्यायाधीशहरु ट्रम्पको विरोधमा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी जारी गरेको यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेश विरुद्ध पाँच राज्यले मुद्दा दायर गरेका छन् ।

ट्रम्पले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने सम्बन्ध आदेश जारी गरेका थिए ।

राष्ट्रपतिको यो आदेश विरुद्ध सबैभन्दा पहिले हवाई राज्यले संघीय अदालतमा मुद्दा दायर गरेको थियो । त्यसपछि मिनेसोटा, ओरिगन र मासाचुसेट्टस राज्यले पनि यात्रा प्रतिबन्धसम्बन्धी ट्रम्पको कार्यकारी आदेश विरुद्ध मुद्दा दायर गरेका हुन् ।

ट्रम्पको पछिल्लो आदेश यही मार्च १६ देखि लागु हुनेछ । यसअघि राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगतै गएको जनवरीमा ट्रम्पले सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी आदेश जारी गरेका थिए ।

तर त्यो आदेश संघीय अदालतको अवरोधका कारण कार्यान्वयन हुन नसकेपछि ट्रम्पले प्रतिबन्धित देशको सूचिबाट इराकलाई हटाएर नयाँ आदेश जारी गरेका हुन् ।

पछिल्लो ओदश पनि मुस्लिममाथिकै प्रतिबन्ध रहेको भन्दै विरोध भएको छ । वासिङटन राज्यले पनि ट्रम्पको ओदश विरुद्ध मुद्दा दायर गरेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ ।

वासिङटन राज्यले संघीय अदालतका न्यायाधीशसँग ट्रम्पको ओदश निलम्बित गर्न आग्रह गर्ने सिएनएनले उल्लेख गरेको छ । न्युयोर्क राज्यले पनि यस विरुद्ध मुद्दा दायर गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);