पर्यटकको पर्खाई र संरक्षणको ओझेलमा बेदकोट ताल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पर्यटकको पर्खाई र संरक्षणको ओझेलमा बेदकोट ताल

पुष्कर भट्ट
कञ्चनपुर, फागुन २७ ।
बेदकोट ताल कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि २० किलोमिटर टाढा बेदकोट न.पा. वार्ड न. ३ अर्थात चुरेपहाड को फेदमा अवस्थीत रहेको छ । कञ्चनपुर जिल्ला कै धार्मीक,पर्यटकीय,पुरातात्विकय हिसाब ले ऐतिहासीक धरोहरको रुपमा रहेको बेदकोट क्षेत्र प्राकृतिक रुपले सौन्दर्य सम्पन्न भए पनि राज्य को दृष्टि नपुगी ओझेल मा परेको छ ।

पर्यटकको पर्खाई  र संरक्षणको ओझेलमा बेदकोट ताल

 

पुष्कर भट्ट कञ्चनपुर, फागुन २७ । बेदकोट ताल कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि २० किलोमिटर टाढा बेदकोट न.पा. वार्ड न. ३ अर्थात चुरेपहाड को फेदमा अवस्थीत रहेको छ । कञ्चनपुर जिल्ला कै धार्मीक,पर्यटकीय,पुरातात्विकय हिसाब ले ऐतिहासीक धरोहरको रुपमा रहेको बेदकोट क्षेत्र प्राकृतिक रुपले सौन्दर्य सम्पन्न भए पनि राज्य को दृष्टि नपुगी ओझेल मा परेको छ । समुद्र सतह देखि झण्डै ३ सय मिटर उचाईमा रहेको यो ताल को क्षेत्रफल ५८० मिटर लम्बाई र २६० मिटर चौडाई र तालको गहीराइ ५२ फिट रहेको छ , बेदकोट ताल सुदुरपश्चिम कै धार्मिक, ऐतिहासीक तथा पर्यटकिय स्थलका रुपमा परिचित रहेको छ ।

 

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मनमोहक, रमणिय, दैबिय, अलौकिक शक्ति बोकेको छ बेतकोट तालले । बेदकोट ताल को महिमा ऐतिहासीक मात्र नभई पौराणिक कालसंगै जोडिएको छ। द्धापर युगमा राज्य संचालन सम्बन्ध मा पाण्डव र कौरवहरु बिच बिवाद हुदा जुवा को शर्त राखी पासा खेल्दा पाण्डव ले सबै राजपाठ हारे पछी पुर्वसर्त अनुसार १२ बर्ष बनवास र १ बर्ष गुप्तबास बस्नु पर्ने थियो । १२ बर्ष बनबास अन्य ठाउमा गरिसकेपछी १ बर्ष गुप्तबास बेदकोट मा बसेका र यो ताल पानी पिउन का लागी पाण्डबहरु ल्ो नै निर्माण गरेको भन्ने किबदन्ती रहेको छ । तालमा अनेक प्रकार का माछा भएता पनी ताल को माछा कसैले पनि मार्ने गरेका छैनन ।

 

ताल नजिकै कञ्चनपुर जिल्ला कै प्रशिद्ध आराध्य देब सिद्धबैजनाथ बाबा को मन्दिर रहेको छ ।बेदकोट ताल बरिपरि १८.०२ हेक्टर बनजंगल रहेको छ । प्रकृती को सुन्दरता संगै रम्दै शान्त मनले आराध्य देब शिद्धबैजनाथ बाबा को दर्शन पनि गर्न पाईने भएकाले पनी यो ताल को महत्व अझै बढी छ । हरियाली चुरे पर्वत को फेदी मा अवस्थीत भएको यो ताल को सुन्दरता ले यहा घुम्न आउने पर्यटक को मन लोभ्याउने गर्दछ । यो ताल ले संरक्षण नपाउदा उच्च जोखीम मा परेको छ । हाल आएर ताल को गहिराई पनि घटदै गएको छ । राम्रो व्यवस्थापन संगै यो क्षेत्र को प्रबद्धन गर्न सके यो ताल कञ्चनपुर जिल्ला कै मात्र नभई देश कै आकर्षक पर्यटकिय गन्तब्य बन्न सक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);