बाग्मती सरसफाइ अभियानको दुई सयौं हप्ता, यसरी भयो पदयात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बाग्मती सरसफाइ अभियानको दुई सयौं हप्ता, यसरी भयो पदयात्रा

बाग्मती सरसफाइ अभियानको दुई सयौं हप्ता पुगेको अवसरमा आज बागमती पदयात्रा’ हुँदै, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सबै दलका शीर्ष नेता अभियानमा सहभागि हुँदै

बाग्मती सरसफाइ अभियानको दुई सयौं हप्ता

काठमाडौं । बाग्मती सरसफाइ अभियानको २०० औं हप्ता पुगेको अवसरमा आज ‘बागमती पदयात्रा’ गरिएको छ ।

वि.सं. २०७० जेठ ५ देखि सुरु भएको अभियानलाई थप सशक्त र प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा गरिएको हो ।

१५ वटा मुख्य र ३ वटा सहायक स्थानमा एकसाथ कार्यक्रम सुरु गरिएको थियो । जसमा प्रमुख दलका शीर्ष नेताहरु सहभागी हुनुभयो ।

पदयात्रामा पनि १ लाखभन्दा बढीको उपस्थिति रहने आयोजकको दाबी छ ।

बागमती सरफाई अभियानका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल शंखमूल क्षेत्रमा, नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तिलंगगामा, उपप्रधान एवं स्थानीयविकासमन्त्री राप्रपा अध्यक्ष कमल थापा बल्खुमा सहभागि हुनुभयो ।

यसअघि सरकारले २८ चैत्र २०७१ मा १०० औं हप्ता पुगेको अबसरमा सुन्दरीजलदेखि चोभारसम्म करिब २८ किलोमिटर लामो मानव साङग्लो बनाइएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);