बागमती सफाइको ४०० औं हप्ता पुगेको अवसरमा विशेष कार्यक्रम आयोजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बागमती सफाइको ४०० औं हप्ता पुगेको अवसरमा विशेष कार्यक्रम आयोजना

काठमाडौं, २५ पुष । बागमती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा शनिबार विशेष कार्यक्रम गरी मनाइएको छ । २०७० जेठ ५ गते तत्कालिन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरु भएको बागमती सफाई महाअभियानको आज ४ सय हप्ता पुगेको हो ।

‘‘स्वच्छता हाम्रो पहिचान सफाइमा मेरो योगदान’’ नारा दिएर बागमती सफाई शुरु भएपछि अहिले बागमती सफा र दुर्गन्ध रहित बनेको छ ।शनिबार फोहोरमैला व्यवस्थापन संघले बागमती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा काठमाडौंको मिनभवनमा विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा बागमती सफाई अभियान्ताहरुले नदीमा फोहोर फाल्न हुँदैन भन्ने जनचेतना फैलाउनु मुख्य कुरा भएको बताएका छन् ।

यस्तै सरकारले बागमती लगायत कुनैपनि नदीमा फोहोर फाल्ने, ढल मिसाउने काम गर्नेलाई कानूनी कारबाही हुनेगरी कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सहभागिता जनाउनु भएकी कलाकार मनिसा कोइरालाले सबै नागरिकहरुलाई बागमती सफाइमा लाग्न आग्रह गर्नुभयो । नदीमा मिसाइदै आएको फोहोरलाई आधुनिक प्रविधिको प्रयोग गरी उर्जा उत्पादनमा लगाउने योजना सरकारले ल्याउनुपर्ने बताउनुभयो ।

कलाकार आनी छोइङ डोल्माले पनि शरिरलाई रक्त सञ्चारले सफा गरेजस्तै नदीलाई मानिसहरुले सफा गर्नुपर्ने बताउनुभयो । वातावरणीय हिसाबले पनि नदी सफा राख्नुपर्ने उहाँको भनाई छ । कुनैपनि नदीमा ढल मिसाउने, प्लास्टिक फाल्ने, घरमा निस्कने फोहोर फाल्ने चलनको अन्त्य गर्नुपर्ने बताउनुभयो । मानिसहरुलाई कुनैपनि फोहोर नदीमा फाल्नु हुँदैन भन्ने शिक्षा दिनुपर्ने बताउनुभयो । राज्यले पनि फोहोर तथा ढल नदीमा मिसाउन नहुने सम्बन्धमा छुट्टै कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

बागमती सफाईको ४ सय हप्ताको अवधिमा नदी संरक्षणका लागि सचेतना जगाउन तथा नदीमा फ्याँकिएको फोहोर हटाउन नागरिक स्तरबाट उल्लेख्य सहभागीता भएको छ । महाअभियानमा सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक अगुवाहरु, कलाकार, विद्यार्थी, विभिन्न संघसंस्थाहरु र जनप्रतिनिधिहरुको सहभागिता हुने गरेको छ ।

प्रत्येक शनिवार नागरिकहरु स्वतस्फूर्त रुपमा बागमती सफाइमा जुटेपछि अहिले बागमती नदीबाट दुर्घन्ध हटेको छ भने नदीमा सफा पानी बग्न थालेको छ । यो अवधिमा नदी किनारामा बगैंचा निर्माण हुने रुख रोप्ने लगायतका काम भएका छन् । बागमती नदिको विभिन्न ठाउँमा २६ वटा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);